
बुधवार , चैत्र २९, २०७९
भैरहवा, २९ चैत ।
नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यहरुतर्फ केन्द्रीय कार्यकारिणी सदस्यमा भीष्म प्रसाद न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । संस्थापक सदस्यहरुतर्फ अर्का उम्मेदवार टिकाराज ढकालले सोमबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । ढकाल झापा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् ।
न्यौपानेको मात्र उम्मेदवारी कायम भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । रुपन्देहीको भैरहवा निवासी न्यौपाने सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका निवर्तमान अध्यक्षसमेत हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति (२०८०–२०८३) चयनका लागि बुधबार मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij