
मंगलवार , चैत्र २८, २०७९
भैरहवा, २८ चैत ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले नयाँ वर्ष २०८० को क्यालेण्डर (भित्तेपात्रो) विमोचन गरेको छ । संघले मंगलबार भैरहवामा एक कार्यक्रमकाबीच क्यालेण्डरको विमोचन गरेको हो ।
कार्यक्रममा बोल्दै संघका कर्पोरेट उपाध्यक्ष रोहितकुमार अग्रवालले उद्योग वाणिज्य दिवसको अवसरमा क्यालेण्डर विमोचन गरिएको बताए । उनले क्यालेण्डरमा विभिन्न स्थानको तस्विर तथा कार्यसमितिको नामावली रहेको बताए । उनले भने, ‘नयाँ वर्ष २०८० मा उद्योग व्यवसाय फस्टाउने विश्वास व्यक्त गर्दछु । ’
संघका कार्यसमिति सदस्य तथा क्यालेण्डर प्रकाशन समितिका संयोजक प्रमोद रिजालले क्यालेण्डर प्रकाशनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले विमानस्थल पूर्ण रुपमा सञ्चालन हुनुपर्नेमा जोड दिए । उनले बुधबारदेखि नै क्यालेण्डर वितरण गरिने बताए ।
संघका कर्पोरेट उपाध्यक्ष रोहित कुमार अग्रवालको अध्यक्षता, कार्यसमिति सदस्य प्रमोद रिजालको स्वागत तथा कार्यकारी उपसचिव खगेन्द्र शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा उद्योग उपाध्यक्ष दिलिप कुमार कान्दु, सचिव मंगल भण्डारी, सह–कोषाध्यक्ष संजय बेरिवाल, कार्यसमिति सदस्य प्रितम रौनियार, विकासकुमार गोयनका, अर्जुन कार्की, कमल ज्ञवाली, मीना पन्थी, विरेन्द्र ज्ञवाली, कैलाश गुप्ता, विमल सेन्चुरी, कार्यकारी सचिव आनन्द खनाल, वरिष्ठ लेखापाल रुपक गुभाजुलगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij