२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुको विकल्प छैनः प्रधानमन्त्री

मंगलवार , चैत्र २८, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार निजी क्षेत्रको क्रियाशिलता र योगदान अझ बढोस् भन्ने चाहेको बताएका छन् ।

    काठमाडौं मंगलबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभाको उदघाटनसत्रलाई सम्बोधन गर्दै उनले  निजी क्षेत्र बलियो र शसक्त नभई मुलुक समृद्ध हुन नसक्ने र दीगो विकासको लक्ष्य प्राप्त गर्न पनि नसकिने बताए । यसप्रतिस्पष्ट रहेको र आवश्यक सुधार गर्न सरकार तयार रहेको उनको भनाइ छ ।

    प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको समस्या राम्ररी बुझेको बताउनुहुँदै आफूले सरकारको नेतृत्व सम्हालेको दिनदेखि नै संकटउन्मुख अर्थतन्त्रलाई कसरी चाडै सहज अवस्थामा ल्याउन सकिन्छ भनेर छलफल गरिरहेको बताए ।