२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

भीम अस्पताललाई अभिरुचीद्वारा स्टील सोफा प्रदान

आइतवार , चैत्र २६, २०७९

भैरहवा, २६ चैत ।
भैरहवास्थित भीम अस्पताललाई अभिरुची बचत तथा ऋण सहकारी संस्थाले स्टील सोफा प्रदान गरेको छ । संस्थाले १३ औं स्थापना दिवस तथा ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर अस्पतालमा रहेको बिरामीलाई फलफूल वितरणसहित २ थान स्टील सोफा प्रदान गरेको हो । 

आर्थिक तथा वित्तीय कारोबार गर्दै आएको संस्थाले समुदायस्तरमा पनि संस्थाको अपनत्त्व लिन सामाजिक क्षेत्रमा लगानी गर्ने उद्देश्यले भीम अस्पताललाई आवश्यक स्टील सोफा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष जीवन प्रकाश पाण्डेले बताए ।

सरकारी अस्पतालको चासो समुदायिक संस्थाले पनि गर्ने रहेछन भन्ने सन्देश दिन यस क्षेत्रकै पुरानो अस्पतालको रुपमा रहेका यस अस्पतालमा बिरामी र कुरुवाको सहजताका लागि अस्पतालकै समन्वयमा स्टील सोफा प्रदान गरिएको हो । दिवसकै अवसर पारेर अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल समेत वितरण गरिएको हो ।

सो अवसरमा बोल्दै भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले यस क्षेत्रका संस्थाहरुबाट निरन्तर सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग हुँदै आएकोले अस्पतालको गुणस्तर र सेवा प्रवाहमा सहजता भएको बताए । अस्पतालको स्रोतसाधन कम भए पनि अस्पताललाई गुणस्तरीय बनाउन संस्थाहरुको ठूलो सहयोग हुँदै आएको बताउदै कोभिडपछि सरकारी अस्पताल राम्रो हुनुपर्छ भने अभियान चलेपछि सहयोग आउने क्रम पनि बढ्दो र निरन्तर रहेको बताए ।