२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

आत्मशान्ति अनाथ आश्रमलाई आर्थिक सहयोग

आइतवार , चैत्र २६, २०७९

बुटवल, २६ चैत ।
रुपन्देहीको मणिग्राममा सञ्चालित रामचन्द्र मैनादेवी आत्मशान्ति अनाथ आश्रमलाई स्याङ्जाका एक समाजसेवी दम्पत्तिले आर्थिक सहयोग गरेका छन् । स्याङ्जाको पेल्काचौर चरीमारा पुतलीसडक पुख्र्यौली घर भइ हाल युके फामरुम बस्ने कृष्ण बहादुर गुरुङ (साइराम) र उनकी धर्मपत्नी दिल धरी गुरुङको तर्फबाट समाजसेवी कपिल गुरुङले आश्रमलाई सहयोगस्वरुप ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

गुरुङ दम्पत्तिले विभिन्न क्षेत्रमा यसअघि पनि आर्थिक सहयोग प्रदान गर्दै आएको र यहाँको आश्रममा आश्रित बालबालिकाहरुको हेरचाह र संरक्षणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको समाजसेवी कपिल गुरुङले बताए । आइतबार सहयोग रकम हस्तान्तरण गर्दै उनले आश्रमलाई यहाँसम्म ल्याइपुर्याएकोमा यसका सञ्चालक मैनादेवी भण्डारीलाई धन्यवाद दिए ।

त्यसअवसरमा बोल्दै स्वामी पञ्चशील महाराजले अनाथहरुलाई सहयोग गर्नु मानवीय धर्म भएको र यसमा संलग्न हुनेहरुले पुण्य प्राप्त गर्न कहीं जान नपर्ने भन्दै सहयोगदातालाई धन्यवाद दिए ।

आश्रमकै अध्यक्ष मैनादेवी भण्डारीले आफूले आश्रम सञ्चालनका लागि १ करोड अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएर अघि बढेको जानकारी दिंदै त्यो पूरा गरेपछि मात्रै आश्रमले भविष्यमा पनि अनाथहरुलाई आश्रय दिन सक्ने बताइन् ।

कार्यक्रममा स्थानीय समाजसेवी सीता बास्ताकोटी, जीवकला न्यौपाने, देवेन्द्र अधिकारीलगायतले आश्रममा रहेका अनाथहरुको सहयोगमा आफूहरु पनि निरन्तर लागिरहेको बताएका थिए ।