
शनिवार , चैत्र २५, २०७९
भैरहवा, २५ चैत ।
सातौं स्थापना दिवस अवसर पारेर होटल पौवाले आफ्ना सम्पूर्ण शाखाहरुबाट सामाजिक कार्य गरेको छ । होटल पौवाका सञ्चालक हरिबहादुर थापाले सम्पूर्ण शाखाले विभिन्न काम गरेर सामाजिक उत्तरदायित्व बहन गरेको बताए ।
होटल पौवा भैरहवा शाखाले शनिबार भीम अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरेको छ । स्थापना दिवसको अवसरमा अस्पतालमा उपचाररत सम्पूर्ण बिरामीहरुलाई फलफूल वितरण गरिएको थापाले जानकारी दिए ।
शनिबार भैरहवास्थित होटलबाट र्यालीसहित नगरका विभिन्न क्षेत्र परिक्रमा गर्दै भीम अस्पताल पुगेर बिरामीलाई फलफूल वितरण गरिएको थियो ।
त्यस्तै अन्य १० वटा शाखाहरुले पनि कुनै न कुनै क्षेत्रमा सहयोग गरेर सातौं स्थापना दिवस मनाएको उनले बताए ।
होटल पौवाले व्यवसाय मात्र नभइ सामाजिक उत्तरदायित्वका कार्यहरु पनि अघि बढाएको उनले बताए । आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने उनको भनाइ छ ।
मिसन १ सयको यात्रामा निरन्तर अगाडि बढेको होटल पौवाले ७ वर्षको अन्तरालमा ११ वटा शाखा सञ्चालनमा ल्याएको छ । पौवाका भैरहवासहित बुटवल, पाल्पा, रेसुंगा, गोरुसिंगे, भालुवाङ, घोराही, जुम्ला, पोखरा, लमही लगायतका स्थानमा शाखा खुलिसकेका छन् । आगामी दिनमा देशभर १ सय वटा शाखा पुर्याउने लक्ष्य राखिएको होटल पौवाले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij