२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

मदिरा व्यवसायी संघ भैरहवाद्वारा नयाँ वर्ष २०८० को क्यालेण्डर विमोचन

शनिवार , चैत्र २५, २०७९

भैरहवा, २५ चैत ।
मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले नयाँ वर्ष २०८० सालको क्यालेण्डर (भित्तेपात्रो) विमोचन गरेको छ । शुक्रबार भैरहवामा आयोजित एक कार्यक्रमकाबीच क्यालेण्डर विमोचन गरिएको संघका उपाध्यक्ष भागीरथ पाण्डेले बताए ।

कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी राजस्व मदिरा व्यवसायीले तिरेको बताए । उनले मदिरा व्यवसायलाई सम्मान दृष्टिकोणले हेरिएको बताए । अध्यक्ष श्रेष्ठले मदिरा व्यवसायी संघ भैरहवाले छोटो समयमा धेरै राम्रो काम गरेको र आफूलाई क्रियाशिल संस्थाको रुपमा स्थापित गरेको बताए । मदिरा व्यवसायी संघ भैरहवाले भीम अस्पतालमा ठोस कार्ययोजना लिएर जानुपर्ने र सम्झौता गरी अस्पतालमा केही रचनात्मक कार्य गर्नुपर्ने उनले बताए । ‘व्यवसायीको चाहना बढी भन्दा बढी सामान विक्री होस् भन्ने चाहना हुन्छ । तर, विगत केही वर्षअघि चाडपर्वको बेला मदिरा विक्रीवितरणमा रोक लगाइदा व्यवसायी मर्कामा परेका थिए । चाडपर्वमा मदिराको खपत बढी हुन्छ, ’उनले भने । खुल्ला सीमा नाकामा हुने अवैध कारोबार बन्द भए स्वदेशी बजार प्रवद्र्धन हुने उनको भनाइ थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन नहुँदा व्यवसाय प्रभावित भएकोले एकजुट भएर सञ्चालनका लागि दबाब दिनुपर्ने श्रेष्ठले बताए ।

सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा रुपन्देही नम्बर २७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले सबैको पाइला अघि बढोस् भन्दै नयाँ वर्ष २०८० सालको शुभकामना दिए । उनले मदिरा व्यवसायी संघले सामाजिक कार्यलाई निरन्तरता दिदै जाने विश्वास गरे ।

मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले वार्षिक कार्ययोजना अनुसार क्यालेण्डर विमोचन गरिएको बताए । उनले मदिरा व्यवसायलाई अन्य व्यवसाय जस्तै हेर्नुपर्ने बताए । उनले भने, ‘व्यवसायीका हकहितसँगै मदिरा व्यवसायी संघ, भैरहवाले सामाजिक कार्यहरु गर्दै आएको छ ।’

भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले मदिरा व्यवसायी संघ, भैरहवा सक्रिय संस्था भएको बताए । उनले अहिलेको जस्तो अफ्ठयारो अवस्था विगतमा नभए पनि आर्थिक मन्दी सधै नहुने बताए । उनले भने, ‘यसलाई पार लगाउनुपर्छ, केही समयपछि अवस्था सुधारउन्मुख हुने आशामा छौं ।’

मदिरा व्यवसायी संघ, भैरहवाका सल्लाहकार तथा मदिरा व्यवसायी महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष खिमबहादुर खत्रीले मदिरा व्यवसायी संघ भैरहवाले रचनात्मक कार्य गर्दै आएको बताए । उनले मदिरा व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताए । 

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीले यस क्षेत्रको विकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले मदिरा व्यवसायी संघ भैरहवा र अन्य संस्थाहरुबीच बलियो सम्बन्ध स्थापित गर्नुपर्ने बताए ।

मदिरा व्यवसायी संघ लुम्बिनी प्रदेश सचिव तथा भैरहवाका सल्लाहकार चिरञ्जीवि राउतले मदिरा व्यवसायी संघ भैरहवाले सराहनीय कार्य गरेको बताए । उनले व्यवसायीमैत्री नीति आवश्यक रहेकोमा जोड दिए ।

सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले नेपालको नीति व्यवसायीको पक्षमा नभएको बताए । उनले मदिरा व्यवसायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले होटल र मदिरा व्यवसायीबीच नजिकको सम्बन्ध रहेको बताए ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले मदिरा व्यवसायी संघ भैरहवाले उदाहरणीय कार्य गरेको बताइन् ।

चेम्बर अफ कमर्स, रुपन्देहीका सचिव तथा प्रवक्ता लक्ष्मण भण्डारीले मदिरा व्यवसायलाई हेर्ने दृष्टिकोण फरक रहेको बताए ।

लुम्बिनी मनिचेञ्जर व्यवसायी संघका अध्यक्ष ऋषिराम पाण्डेयले मदिरा व्यवसायीले संघले रचनात्मक कार्य गर्दै आएको बताए ।

मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीको अध्यक्षता, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाको विशिष्ट आतिथ्यता, कार्यक्रम संयोजक एवं संघका कोषाध्यक्ष यादव पोख्रेलको स्वागत, वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डेको धन्यवाद ज्ञापन तथा सचिव केशवराज अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_3953.JPG