२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

सेयर बजार : सातामा चार दिन घट्यो, एक दिन बढ्यो 

बिहिवार , चैत्र २३, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • कठमाडौं, २३ चैत । चालु सातामा सेयर बजार चार दिन ओरालो लागेको र एक दिन बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको थियो । उक्त दिन नेप्से परिसूचक २० अंकले घटेको थियो । सोही दिन १ अर्ब २० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार सेयर कारोबार भएको थियो ।  

    यसैगरी, सेयर बजार सोमबार पनि घटेको हो । सोमबार नेप्से परिसूचक १६.६७ अंकले ओरालो लागि १८७१.८८ विन्दुमा अडिएको थियो । सोही दिन कारोबार रकम पनि घटेको थियो । आइतबार १ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको सेयर बजार सोमबार घटेर ९२ करोड रुपैयाँको कारोबार गरेको थियो । 

    यसैगरी, साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार घट्ने क्रमले निरन्तरता पायो । मंगलबार नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ को बिन्दुमा आएर रोकिएको थियो । उक्त दिन पनि कारोबार रकममा खासै परिवर्तन भने आएन । मंगलबार ९१ करोड ७६ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।

    यता बुधबार भने सेयर बजारमा केही राहत मिलेको थियो । बुधबार नेप्से परिसूचक ८.३९ अंकले उकालो लागेको थियो । तर, त्यसदिन सेयर बजार बढे पनि कारोबार रकम भने घटेको थियो । बुधबार ८१ करोड ६० लाख रुपैयाँ भन्दाबढी रकमको कारोबार भएको छ ।  

    साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक ८.२८ अंकले ओरालो लागेको हो । कारोबार रकममा भने बिहीबार केहीहदसम्म रात मिलेको हो । यसदिन ९२ करोड भन्दाबढी रकमको सेयर कारोबार भएको भएको हो ।