२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

पञ्चकन्या ग्रुपद्वारा निःशुल्क स्वास्थ्य शिविर

बिहिवार , चैत्र २३, २०७९

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा, २३ चैत ।
    पञ्चकन्या ग्रुपअन्तर्गत पञ्चकन्या फाउण्डेशन नेपालको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित पञ्चकन्या कारखानामा बिहीबारदेखि दुईदिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । सिद्धार्थनगर सिटी हस्पिटलको प्राविधिक सहयोगमा भएको शिविरको एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले उद्घाटन गरेका हुन् । 

    IMG_3732.JPG

    सो अवसरमा बोल्दै नगरप्रमुख खाणले लामो इतिहास बनाएको पञ्चकन्या ग्रुप नेपालको गहना भएको बताए । उनले स्वास्थ्यलाई महत्व दिएर आयोजना गरिएको कार्यक्रम सभ्य र भव्य रुपमा सफल हुने शुभकामना व्यक्त गरे । उनले पञ्चकन्या ग्रुपले ज्यादै महत्वपूर्ण कार्य गरेको भन्दै प्रशंसा गरे । ‘मानिसको जीवनको साथी स्वास्थ्य हो । स्वास्थ्य भन्दा मूल्यवान धनसम्पत्ति, गरगहना हुँदैन । स्वास्थ्यबारे समाजमा पनि सचेतना बढाउनुपर्ने, ’नगरप्रमुख खाणले भने । उनले यस्ता कार्यक्रमलाई नियमित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । पञ्चकन्या ग्रुपले हजारौं श्रमिकलाई रोजगारी दिएको उनको भनाइ छ । विगतमा उद्योग सञ्चालक र मजदूरबीच अलिकति खाडल भए पनि पछिल्लो समय सञ्चालक र मजदूरबीच नङ र मासुको जस्तो सम्बन्ध भएको बताए ।

    श्रम तथा रोजगार कार्यालय बुटवल, रुपन्देहीका प्रमुख गिरीराज ज्ञवालीले निःशुल्क स्वास्थ्य शिविर राम्रो कार्यक्रम भएको बताए ।

    पञ्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र साहूले शिविरमा कर्मचारी र कर्मचारीका परिवारका सदस्यहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिने बताए । कउनले कर्मचारी कम्पनीको ठूलो सम्पत्ति भएको बताए । कर्मचारीले आफूलाई उद्योगको मालिक तथा सञ्चालक सोचेकै कारण पञ्चकन्या ग्रुपले ५० वर्ष पुरा गरेको उनले बताए । 

    ‘हामो उद्योगमा कार्यरत १ हजार २ सय जना कर्मचारी तथा मजदूरले आफूलाई उद्योगको मालिक ठानेकै कारण हामी यहाँसम्म आइपुगेको छौं, हामी सबैको मिहिनेतले कम्पनीले १ सय वर्ष पूरा गर्नेछ, ’उनले भने ।

    उनले पञ्चकन्या ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत विगतमा पनि यस्ता कार्यक्रम गरेको र अहिले पनि निरन्तरता दिएको बताए । ‘समाजप्रति हाम्रो दायित्व छ, वातावरण र कर्मचारीको स्वास्थ्यप्रति पनि सचेत छौं, ’उनले भने । महाप्रबन्धक साहुले गुणस्तरीय उत्पादनका कारण पञ्चकन्या ग्रुपप्रति उपभोक्ताको विश्वास रहेको बताए । राम्रो काम गर्दा सहयोगी हात अगाडी बढ्ने उनको भनाइ छ । ‘हामीलाई अगाडी बढ्न सिद्धार्थनगर सिटी हस्पिटलबाट प्रोत्साहन भयो, ’उनले भने । पञ्चकन्या ग्रुपले उद्योगभित्र ४ वर्षअघि नै सूर्तीजन्य पदार्थ सेवनमा रोक लगाएको महाप्रबन्धक साहुले जानकारी दिए ।

    सिद्धार्थनगर सिटी हस्पिटलकी नर्सिङ इञ्चार्ज (मेट्रोन) निशा नेपालले अस्पतालले विभिन्न स्थानमा स्वास्थ्य शिविर गर्दै आएको बताइन् । उनले १ सय शैयाको सिद्धार्थनगर सिटी हस्पिटलले विशेषज्ञ डाक्टरबाट बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको बताइन् । 

    IMG_3755.JPG

    पञ्चकन्या उद्योगका प्रशासन प्रमुख राजेन्द्र ज्ञवालीको स्वागत तथा सुरेश मिश्रको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।