२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

सत्ता गठबन्धनको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

बिहिवार , चैत्र २३, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, २३ चैत । 
    सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेका छन् । गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि  छलफल भएअनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको हो । कार्यदलले तयार पारे अनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सो बारेमा पार्टी पदाधिकारी बैठकमा जानकारी दिएअनुसार गठबन्धनको बैठक बसेर अन्तिम रुप दिइनेछ । आज बस्ने गठबन्धनको बैठकले अनुमोदन गरे पछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।

    नेपाली कांग्रेसका रमेश लेखक, नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी, नेपाल (जसपा) का राजेन्द्र श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का विजय पौडेल सम्मिलित कार्यदलले सो नीति तथा कार्यक्रम बनाएको हो ।

    तत्कालिन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको विषयलाई परिमार्जन गरिएको र नेपाली कांग्रेसका चुनावी एजेण्डालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाइएको बुझिएको छ ।