२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

एकैदिन प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

मंगलवार , चैत्र २१, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, २१ चैत । 
    नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको भाउ एकैदिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो। यसअघि सोमबार प्रतितोला ६०० रुपैयाँ घटेको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। 

    सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    मंगलबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।