२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

रुपन्देही प्रहरीद्वारा साढे ५ लाख मूल्य बराबरको अवैध कपडा बरामद

मंगलवार , चैत्र २१, २०७९

  • 6.3K
    Shares
  • 6.3K
    Shares
  • भैरहवा, २१ चैत ।
    रुपन्देही प्रहरीले साढे ५ लाख मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–१२ स्थित डाँडागाउँबाट ५ लाख ४५ हजार ५ सय रुपैयाँ बराबरको कपडाहरु बरामद गरेको हो ।

    सोमबार बिहान ६ बजे भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी कपडाहरु ल्याइँदैछ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले कपडाहरु बेवारिसे अवस्था फेला पारेपछि स्थानीयबासीको रोहबरमा उक्त कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए । डीएसपी अर्यालका अनुसार बरामद गरिएको सामानमा पठानी जेन्स सुट १४५ पिस, टप सेट ३०२ पिस, कुर्ता सुरवाल ३९ पिस, टिसर्ट २९७ पिस, जेन्स सट १५०पिस, साडी ३७० पिस, जुत्ता २६ जोर र टप्स ७५ पिस रहेका छन् ।

    बरामद गरिएका कपडा आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ ।