
सोमवार , चैत्र २०, २०७९
भैरहवा, २० चैत ।
जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा नगरपालिका–१५ कोटिहवा, रुपन्देहीले ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आइतबार विद्यार्थीहरुका लागि एकदिने लागूऔषध दुव्र्यनीसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सहजीकरण गर्दै संस्थाकी अध्यक्ष ज्ञानु पौड्यालले पछिल्लो समय किशोर अवस्थादेखि युवाहरु विभिन्न कारणले लागूऔषध सेवन गरिरहेको पाइएको बताइ्न् । उनले युवाहरुलाई जीवनउपयोगी कुराहरु सिकाएर कुलतमा फस्नबाट बचाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सहायक निरीक्षक हरि बहादुर नेपालीले युवाहरु लागूऔषध दुव्र्यसनीमा फसेर जीवन बर्बाद गरिरहेको र हरेक वर्ष सेवन गर्ने, ओसारपसार गर्नेको संख्या बढेको बताए ।
कार्यक्रममा चौतारी फाउण्डेशनका कार्यक्रम संयोजक अरुण थापाले युवाहरू लागूऔषध दुव्र्यनीमा फसेपछि निस्कन समस्या हुने भएको बताए । सुधार केन्द्रमा गएका युवाहरू निस्केपछि साधारण जीवन बिताइरहेको बताए ।
कार्यक्रममा १५ वर्षदेखि २५ वर्ष उमेरसम्मका ४० जनाको सहभागीता रहेको थियो ।
सहकारीका सञ्चालक एवं कोटिहवा सेवा केन्द्रका संयोजक निल प्रसाद पुनको अध्यक्षता, उपाध्यक्ष गिरी प्रसाद पुनको स्वागत तथा सचिव सरु रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij