
आइतवार , चैत्र १९, २०७९
भैरहवा, १९ चैत ।
श्री त्रिशुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–९, रुपन्देहीले भैरहवास्थित भीम अस्पताललाई आइतबार फोल्डीङ्ग चेयर हस्तान्तरण गरेको छ । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर रक्तदान प्रयोजनका लागि चारथान फोल्डीङ्ग चेयर हस्तान्तरण गरिएको व्यवस्थापक सरिता रानाले बताइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालले त्रिशुल सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत महत्वपूर्ण कार्य गरेको बताए । उनले रक्तदान गर्न चेयरले सहयोग गर्ने बताए । उनले भने, त्रिशुल सहकारीले गरेको कार्यले अन्य संस्थाहरुलाई पनि सामाजिक कार्य गर्नेतर्फ प्रेरित गर्छ ।
त्यस्तै भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले सेवासुविधा थपिएसँगै पछिल्लो समय बिरामीहरुको रोजाइमा भीम अस्पताल परेको बताए । उनले कोभिड–१९ महामारीमा विभिन्न संघ–संस्थाले अस्पताललाई सहयोग गरेकै कारण यहाँ धेरै बिरामीको उपचार भएको बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेड भैरहवा शाखा प्रबन्धक आलोक शिवाकोटी, श्री त्रिशुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सल्लाहकार गोविन्द प्रसाद रेग्मी, चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन) रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष खिमबहादुर खत्री लगायतको आतिथ्यता रहेको थियो ।
सहकारीकी अध्यक्ष धीरा कुमारी क्षेत्रीको अध्यक्षता, सल्लाहकार गोविन्द प्रसाद रेग्मीको स्वागत तथा व्यवस्थापक सरिता रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij