
आइतवार , चैत्र १९, २०७९
भैरहवा, १९ चैत ।
उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–७, रुपन्देहीले भैरहवास्थित भीम अस्पतालमा रक्तदान तथा स्वास्थ्य सामग्री र फलफूल वितरण गरेको छ । ६६ औं राष्ट्रिय सहकारी दिवसको पूर्व संध्यामा आइतबार कार्यक्रम गरिएको संस्थाका अध्यक्ष खिमबहादुर खत्रीले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालले ६६ औं राष्ट्रिय सहकारी दिवसको पूर्व संध्यामा उत्कृष्ट लुम्बिनी सहकारीले राम्रो कार्य गरेको बताए ।
कार्यक्रममा भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी, राष्ट्रिय सहकारी बैंक लिमिटेड भैरहवा शाखा प्रमुख आलोक सिवाकोटी लगायतले बोलेका थिए ।
कार्यक्रममा १८ जनाले रक्तदान गर्नुभएको सहकारीका सचिव अनिल कुमार ज्ञवालीले जानकारी दिए । त्यस्तै अस्पताललाई ह्वील चेयर र स्टेचर १/१ थान हस्तान्तरण गरिएको ज्ञवालीले जानकारी दिए ।
कार्यक्रमको संयोजकत्व रामप्रसाद भण्डारी, विन्दु न्यौपाने र भिष्मा पोखरेलले गरेका थिए ।
सहकारीका अध्यक्ष खिमबहादुर खत्रीको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालको प्रमुख आतिथ्यता तथा सहकारीका सचिव अनिल कुमार ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij