२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

सिद्धार्थ उद्योग बाणिज्य संघको सदस्यमा उम्मेदवारी दिदै रिजाल

मंगलवार , पौष २१, २०७७

  • 9.4K
    Shares
  • 9.4K
    Shares
  • भैरहवा। युवा व्यवसायि प्रमोद रिजाल सिद्धार्थ उद्योग बाणिज्य संघको कार्यसमिति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले बाणिज्य तर्फको कार्यसमिति सदस्यमा उम्मेदवारी दिने बताएका हुन्। 

    संघमा युवाहरुको प्रतिनिधित्व बढाउन तथा नेतृत्व बिकास गर्नका लागि सदस्यमा उम्मेदवारी दिन लागेको रिजालले बताए। प्रबिधिमा बिशेष दख्खल राख्ने रिजालले संघलाई पनि प्रबिधि मैत्रि बनाउनका लागि आफ्नो महत्वपुर्ण योगदान रहने उल्लेख गर्दै निर्वाचनमा मतदान गर्न सबैलाई आग्रह गरेका छन्। 

    सुचना प्रबिधिमा स्नातक गरेका रिजाललाई टे«डिङ व्यापार सम्बन्धी पनि राम्रो ज्ञान छ। सबैका पृय तथा मृदुभाषि रिजालले सिनपा १२ प्रहरी टोलमा आईटी तथा टे«डिङको व्यापार गर्दै आएका छन्। 

    उनका पिता नारायण रिजालले पनि लामो समय सिद्धार्थ उद्योग बाणिज्य संघको बिभिन्न पदमा बसेर काम गरेका थिए। पुष २४ र २५ गते हुने भनेको सिद्धार्थ उद्योग बाणिज्य संघको ६२ औं साधारण सभा तथा अधिबेशन फागुन २१ र २२ गतेका लागि सारिएको छ।