२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

लायन्स बुटवल लुमिनसद्वारा बाल सुधार गृहलाई सहयोग

मंगलवार , पौष २१, २०७७

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, २१ पुस । 
    लायन्स क्लब अफ बुटवल लुमिनसले भैरहवास्थित बाल सुधार गृहलाई सहयोग गरेको छ । गृहलाई विभिन्न खेलकुद सामाग्री, न्यानो कपडा तथा मास्क हस्तान्तरण गरिएको क्लबकी संस्थापक अध्यक्ष सविता भण्डारीले बताइन् । क्लबले १७ थान ट्रयाक सुट, २ थान क्यारमबोर्ड, २५० थान मास्क, एक थान चेस तथा ६ थान पजल क्वीव प्रदान गरेको भण्डारीले बताइन् ।

    कार्यक्रममा बोल्दै बाल सुधार गृह प्रमुख शुभद्रा गौतम, प्रहरी सहायक निरीक्षक मनोज कुमार तिवारी, काउन्सिलर अम्बु के.सी., रोट्रयाक्ट क्लब अफ भैरहवाकी अध्यक्ष सरिता राना लगायतले बोल्दै क्लबले रचनात्मक कार्य गरेको बताए । क्लबका उपाध्यक्ष डा. कस्मिता ढकालको स्वाग तथा सचिव ई. चक्रमणि भट्टराई (आकाश)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।