images

शुक्रवार, बैशाख १४ गते २०८१

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले बनायो वार्षिक कार्ययोजना

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले बनायो वार्षिक कार्ययोजना

images
images
images
शुक्रवार, चैत्र १० २०७९
शुक्रवार, चैत्र १० २०७९
  • पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले बनायो वार्षिक कार्ययोजना

    पाल्पा, १० चैत । 
    पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन बुटवल रुपन्देहीले संघको लक्ष्य र उद्देश्यलाई हासिल गर्ने उद्देश्यले एशोसिएसनको वार्षिक कार्ययोजना वनाएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिकास्थित सिर्जना फाममा बुधवार र बिहीवार आयोजना गरिएको योजना तर्जुमा कार्यशाला गोष्ठीले एशोसिएसनले हालसम्म प्राप्त गरेको प्रतिष्ठा र इज्जतलाई मनन गर्दै सदस्य व्यवसायीहरुलाई प्रदान गर्ने सेवालाई थप परिस्कृत गर्ने, संस्थागत सुधार, व्यवसायी तथा संस्थागत सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले वार्षिक कार्यायोजना तय गरेको एशोसिएसनका अध्यक्ष हिमाल गैरेले बताए ।

    images

    व्यवसायीका हकहित, संस्थाको गतिविधिलाई चलायमान र प्रभावकारी वनाउने, एशोसिएसनलाई समयसापेक्ष रुपमा सञ्चालन गर्न के–कस्ता कार्यक्रमहरु आयोजना गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम गरिएको र गोष्ठीले तय गरेका कार्यक्रमलाई वर्तमान कार्यसमितिले कार्यान्वयन गर्न प्रतिवद्ध रहेको अध्यक्ष गैरेले बताए ।

    एशोसिएसनको लुम्विनी प्रदेशका रुपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्मी, अर्घाखाँची, पाल्पा तथा गण्डकी प्रदेशको स्याङ्जा र वाग्लुङसहित ८ जिल्ला कार्य क्षेत्र रहेको छ । एशोसिएसनले आयोजना गरेको गोष्ठीले सरोकारवाला निकायसँग समन्वय, संस्थागत तथा दैवी प्रकोप सहयोग, लेखा, आयकर तथा अग्नी नियन्त्रण तालिम, एप र सफ्टवेयर निर्माण, आन्तरिक अनुगमन, अध्ययन अवलोकन भ्रमण, भित्तेपात्रो प्रकाशन र तराई र पहाडी जिल्लाका व्यवसायीहरुको नेतृत्व र दक्षता बृद्धिका लागि तालिम, कार्यशाला र अन्तरक्रिया गर्ने कार्ययोजना पारित गरेको छ ।

    सो अवसरमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपानेले एशोसिएसनले आयोजना गर्ने हरेक क्रियाकलाप एशोसिएसनप्रतिको विश्वसनीयतामा जोडिएको हुनाले सदस्य व्यवसायीको हितसँगै कार्यक्रमले पनि विश्वसनीयता प्राप्त गर्नुपर्ने बताए । उनले गोष्ठीवाट एशोसिएसनको आवश्यकता पहिचान गर्न सहज भएको भन्दै कुनै पनि समस्याको समाधान तत्काल गर्न नसकिए त्यो समस्याले अर्को समस्या निम्त्याउँछ भन्नेतर्फ सबै सचेत र सजग बन्न जरुरी रहेको बताए । संस्थामा सामुहिक जिम्मेवारबोध भए जिम्मेवारीले शक्ति निर्माण गर्ने र शक्तिलाई सही ठाउँमा सदुपयोग गर्न सके परिणाम राम्रो आउने उनको भनाइ छ ।

    गोष्ठीमा सहजीकरण गर्दै प्रमुख प्रशिक्षक मनोज भट्टराईले गोष्ठीले पदीय जिम्मेवारीमा रहेकाहरुलाई संस्थागत उद्देश्य प्राप्ति, पद भन्दा जिम्मेवारीमा केन्द्रीत हुन, क्षमता अभिवृद्धि गर्न, संस्था सञ्चालन प्रक्रिया तथा भौतिक, मानवीय र वित्तीय स्रोतको व्यवस्थापनमा सहजीकरण गर्ने बताए ।

    गोष्ठीमा सहभागी व्यवसायीहरुले लगानीअनुसारको प्रतिफल प्राप्त नभएको, बैंक ग्यारेण्टीमा इन्धन नपाउनु, डिप रडले मापन गरेको इन्धन खरिद गरी डिजिटल माध्यममा विक्री गर्नुपर्ने, पेशागत असुरक्षा, अग्नी बिमा नहुनु, भारतीय मूल्यसँग एकरुपता नहुनु, राज्यले सम्मानित पेशाको रुपमा नहेर्नुलगायतका समस्या र चुनौती रहेको गुनासो गर्दै समाधानकालागि सामूहिक पहलको आवश्यकता औंल्याएका थिए । कार्यक्रममा पत्रकार खिमानन्द भट्टराईले एशोसिएनका पदाधिकारी र सदस्यहरुको काम, कर्तब्य र अधिकारका विषयमा सहजीकरण गरेका थिए ।

    एशोसिएसनका अध्यक्ष हिमाल गैरेको अध्यक्षतामा भएको कार्यक्रममा एशोसिएसनका केन्द्रीय सदस्य राजु न्यौपाने, एशोसिएसनका वरिष्ठ उपाध्यक्ष योगेन्द्र गुप्ता, प्रथम उपाध्यक्ष रजनिशराज आचार्य, द्वित्तीय उपाध्यक्ष गोपाल बस्याल, महासचिव हरिराम कसौधन, सचिव डासिराम अधिकारी, कोषाध्यक्ष विशाल गैरे, सह–कोषाध्यक्ष लोकराज भुसाल, व्यवसायी कृष्ण तिवारी, दिनेश न्यौपानेलगायतले बोल्दै गोष्ठी संस्थागत आवश्यकता पहिचान गर्न र नियमित कार्यक्रम सञ्चालनका लागि मार्गनिर्देशन गरेको बताए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij