२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

२ हजार रुपैयाँले घट्यो सुनको भाउ

बुधवार , चैत्र ८, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौं, ८ चैत । सुनको भाउ बुधबार दुई हजार रुपैयाँले घटेको छ ।

    मंगलबारको तुलनामा दुई हजार रुपैयाँले घटेर बुधबार छापावाला सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैैयाँमा किनबेच भएको थियो । 

    बुधबार तेजाबी सुन १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको ५ रुपैयाँले घटेर बुधबार प्रतितोला १३ सय ३५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।