२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा भीष्म न्यौपानेले उम्मेदवारी दिने

आइतवार , चैत्र ५, २०७९

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, ५ चैत । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा भीष्म प्रसाद न्यौपानेले उम्मेदवारी दिने भएका छन् ।

    आगामी चैत २८ र २९ गते हुने उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा न्यौपानेले उम्मेदवारी दिने भएका हुन् । न्यौपाने सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका निवर्तमान अध्यक्ष हुन् । २०४८ सालमा सिद्धार्थ उवा संघको सदस्यता लिएका न्यौपानेले २०६० देखि २०६८ सम्म कार्यसमिति सदस्य, २०६८ देखि २०७१ सम्म सचिव, २०७१ देखि २०७४ सम्म महासचिव, २०७४ देखि २०७७ सम्म वरिष्ठ उपाध्यक्ष र २०७७ देखि २०७९ सम्म अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।

    नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य रहेको सिद्धार्थ उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गर्दै उम्मेदवारी दिन लागेको न्यौपानेले बताए । उनले नेपालको महत्वपूर्ण क्षेत्र बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रबाट आफूले उम्मेदवारी दिन लागेको बताए । ‘उद्योगी व्यवसायीको समस्या समाधानका लागि महासंघमार्फत पहल गर्न र आवाज उठाउनका लागि उम्मेदवारी दिदैछु, उनले भने, ‘खुल्ला सीमा (बोर्डर) का कारण उद्योग व्यवसायमा देखिएका समस्याको समाधान तथा पर्यटन क्षेत्रको विकासका लागि मैले भूमिका निर्वाह गर्नेछु । ’सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष, पूर्वअध्यक्षहरु लगायत सम्पूर्ण टीमको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी दिन लागेको न्यौपानेले बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा भीष्म प्रसाद न्यौपानेले जिताउन आग्रह गरेका छन् । उनले भने, ‘उद्योगी व्यवसायीको हकहितमा निरन्तर लाग्नुभएका भीष्म प्रसाद न्यौपानेलाई जिताउन सम्पूर्ण १२५ वटा उद्योग वाणिज्य संघहरुलाई अनुरोध गर्दछु ।’