२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

लुम्बिनी निर्माण व्यवसायी संघको साधारणसभा तथा अधिवेशन २०८० भदौमा

आइतवार , चैत्र ५, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, ४ चैत ।
    लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीको १७ औं साधारणसभा तथा १३ औं अधिवेशन आगामी २०८० भदौ १ र २ गते हुने भएको छ । शनिबार भैरहवामा बसेको संघको १५ औं नियमित बैठकले साधारणसभा तथा अधिवेशन भदौ १ र २ गते गर्ने निर्णय गरेको कोषाध्यक्ष प्रितम रौनियारले बताए ।

    यसअघि संघको १७ औं साधारणसभा तथा १३ औं अधिवेशन २०७९ चैत १७ र १८ गतेका लागि तोकिएको थियो । तर, तोकिएको समयमा साधारणसभा तथा अधिवेशन गर्न नसकिने निष्कर्षका साथ २०८० भदौमा गर्ने निर्णय भएको संघले जनाएको छ ।

    त्यस्तै गत फागुन २१ गते निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका कार्यालय सचिव राजेन्द्र गौतमको मोटरसाइकल दुर्घटनामा परी निधन भएकोमा संघले स्व. गौतमप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समेवदना प्रकट गरेको छ ।

    लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष दिपक शाहीको अध्यक्षता तथा महासचिव प्रयास खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।