आइतवार, चैत्र १२ गते २०७९

नेपाल बहुमुखी सहकारीको आयोजनामा क्षमता अभिवृद्धि तालिम

नेपाल बहुमुखी सहकारीको आयोजनामा क्षमता अभिवृद्धि तालिम

images
images

खबर पात्रो

४, चैत्र २०७९
  • 261
    SHARES
  • नेपाल बहुमुखी सहकारीको आयोजनामा क्षमता अभिवृद्धि तालिम

    भैरहवा, ४ चैत ।
    नेपाल बहुमुखी सहकारी संस्था लिमिटेड सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा एकदिने क्षमता अभिवृद्धि तालिम शनिबार भैरहवामा सम्पन्न भएको छ । सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, ऋण समिति, शिक्षा समितिलगायतका उपसमितिहरु र कर्मचारीका लागि सहकारी क्षेत्रका नीति, नियम, पारदर्शिता र अन्य आवश्यक जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

    तालिममा बचत तथा ऋण सहकारी संघ लिमिटेड लुम्बिनी प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद नेपालले सहकारीताको भावना, उद्देश्य, संभावना र चुनौतिका बारेमा प्रकाश पार्दै संस्थागत सुशासनबारे चर्चा गरेका थिए । उनले सहकारी संस्थाको नेतृत्वले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी दिदै सदस्य केन्द्रीत भएर काम गर्न आग्रह गरे ।

    images

    नेपालमा हाल २९ हजार ८ सय ८६ सहकारी संस्थाहरु रहेका छन् । सहकारीमा ७३ लाख ७५ हजार ४ सय ६२ सदस्य आबद्ध रहेका र सोमध्ये ५६ प्रतिशत महिला रहेका छन् । लुम्बिनी प्रदेशका १२ जिल्लामा ३ हजार ७ सय ५५ वटा सहकारी संस्था रहेका र ती संस्थाहरुमा ८ लाख ९८ हजार ६ सय ११ सदस्य रहेका छन् । संस्थाका अध्यक्ष भानुभक्त पौडेलको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी पन्तको स्वागत तथा सचिव श्री रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ४, २०७९ शनिवार - १८:३६:०१ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend