images

शनिवार, बैशाख १५ गते २०८१

भैरहवामा ‘प्रथम लायन्स कर्पोरेट फुटसल प्रतियोगिता’ हुँदै

भैरहवामा ‘प्रथम लायन्स कर्पोरेट फुटसल प्रतियोगिता’ हुँदै

images
images
images
शुक्रवार, चैत्र ३ २०७९
शुक्रवार, चैत्र ३ २०७९
  • भैरहवामा ‘प्रथम लायन्स कर्पोरेट फुटसल प्रतियोगिता’ हुँदै

    भैरहवा, ३ चैत ।
    लायन्स क्लब अफ सिद्धार्थनगर युथको आयोजनामा शनिबार (भोलि) ‘प्रथम लायन्स कर्पोरेट फुटसल प्रतियोगिता’ हुने भएको छ । भैरहवास्थित फुटसल ग्राउण्ड (पदमाश्री फिल्म हल)को छेउमा बिहान ७ः३० बजेदेखि सुरु हुने प्रतियोगिताबारे क्लबले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । भैरहवामा लायन्सले पहिलोपटक फुटसल प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष अनित कुमार गुप्ताले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब रु. १ लाख खर्च हुने गुप्ताले बताए । उनले आगामी वर्षमा पनि यो प्रतियोगितालाई निरन्तरता दिने क्लबको प्रयास रहने बताए ।

    images

    क्लबका संस्थापक अध्यक्ष अर्चित श्रेष्ठले क्लबले स्थापनाकालदेखि युवा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा कार्यक्रम गर्दै आएको बताए । उनले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागेको छ । प्रतियोगितामा कर्पोरेट क्षेत्रका ८ वटा टीमको सहभागीता रहने श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको प्रवेश शुल्कवापत प्रतिटीम रु. ८ हजार तोकिएको बताए ।

    प्रतियोगिताको विजेता टीमलाई नगद रु. १५ हजार र उपविजेतालाई रु. १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक सन्देश शाक्यले बताए । त्यस्तै बेष्ट बलर, टप स्कोरलाई ट्रफी तथा प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।

    प्रतियोगितामा महालक्ष्मी विकास बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, प्रभु बैंक, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस), भीम अस्पताल, सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ, रुपन्देही र लायन्स क्लब अफ सिद्धार्थनगर युथको सहभागीता रहने आयोजकले जनाएका छन् । प्रतियोगिताको मुख्य प्रायोजक महावली ट्रेडिङ सिद्धार्थनगर–६, गल्लामण्डी रहेको क्लबले जनाएको छ । 

    लायन्स सिद्धार्थनगर युथका सह–सचिव हरि आचार्यको सञ्चालनमा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष धिरज कुमार मल्लिक, क्लबका पदाधिकारी, सदस्य, विभिन्न कर्पोरेट क्षेत्रका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij