आइतवार, चैत्र १२ गते २०७९

लुम्बिनीमा पाँच सयजना बने अल्पकालिन भिक्षु 

लुम्बिनीमा पाँच सयजना बने अल्पकालिन भिक्षु 

images
images

खबर पात्रो

२, चैत्र २०७९
  • 2.1K
    SHARES
  • लुम्बिनीमा पाँच सयजना बने अल्पकालिन भिक्षु 

    लुम्बिनी, २ चैत ।
    लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङगणमा एकैदिन पाँच सय जना अल्पकालिन भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाहरुको सह–आयोजनामा बिहीबार मायादेवी मन्दिर प्रांगणमा पाँचसय जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालिन भिक्षु) गराइएको हो । 

    अखिल नेपाल भिक्षु महासंघका महास्थविर धम्म शोभन र धम्मकाय फाउण्डेशनका उपप्रमुख भिक्षु फरा पभनाले अल्पकालिन भिक्षुका लागि चिवर प्रदान गरे । अल्पकालिन भिक्षुहरुले पहेलो चिवर लगाएर बुद्ध धर्मका सय वटा नियमहरु पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरुले पञ्चशिल र अष्टशिलको पालना गर्ने भएपनि अल्पकालिन भिक्षुले २० दिनसम्म पूर्ण रुपमा बौद्ध नियममा आफूलाई रुपान्तरण गर्नुपर्नेछ ।

    images

    फागुन २७ गते काठमाडौं र फागुन २८ गते लुम्बिनीमा गरी ५ सय जनाको केश मुन्डन गरिएको थियो । केश मुन्डन गरिए पनि बिहीबार मात्रै उनीहरुले प्रवज्या गरी अल्पकालिन भिक्षुका रुपमा पहेलो चिवर लगाउन योग्य भएका हुन । 

    चिवर प्रदान एंव कुलपुत्र प्रवज्या कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय) ले भगवान बुद्धको जन्मस्थलमा अल्पकालिन समयका लागि भए पनि प्रव्रज्यामा सहभागी हुनेहरुलाई स्वागत गरे । उनले बुद्ध जन्मेकै देशका नागरिकहरु यसरी बुद्धको शिक्षा ग्रहण गर्नु नै महान कार्य रहेको बताए । बुद्ध शिक्षालाई सतही रुपमा मात्रै नभई बुद्धभूमिकै आएर प्रव्रज्या (अल्पकालिन भिक्षु) ग्रहण गरी व्यवहारमै बुझ्नु अत्यन्तै सकरात्मक रहेको उनको भनाइ छ । 

    कार्यक्रममा अखिल नेपाल भिक्षु संघका महास्थविर शोभनले भिक्षु संघको निर्देशन अनुसार प्रव्रज्या ग्रहणका लागि देशभरिबाट सहभागी भएकाहरुलाई स्वागत गर्दै बुद्ध शिक्षालाई नजिकबाट चिन्ने र व्यवहारमा अगाल्न आग्रह गरे । बुद्धजन्मस्थल लुम्बिनीमा कोभिड महामारीपछि एकैदिन प्रव्रज्या( अल्पकालिन भिक्षु) कार्यक्रम पहिलोपटक भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । उनले एकैदिन पाँचसय जना अल्पकालिन भिक्षु हुने कार्यक्रमले बुद्ध शिक्षाको प्रवद्र्धन र लुम्बिनीको महत्वलाई थप उजागर गर्ने बताए । कोभिडअघि सन् २०११ मा एक हजार, २०१५ मा एक हजार ११२ जना र सन् २०१९ मा एक हजार ११९ जनालाई प्रव्रज्या गराइएको कार्यक्रम निर्देशक एंव कोषका कार्यकारिणी सदस्य राजेश शाक्यले बताए । 

    कोभिडका कारण अहिले संख्या घटाएर ५ सय गराइएको र आगामी दिनमा एकैदिन १० हजारलाई प्रव्रज्या गराईने योजना रहेको शाक्यले बताए । प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कार्यकारिणी सदस्यहरु विश्वराज पौडेल, नेत्रबहादुर शाही, थाई विहारका प्रमुख भिक्षु सोबोध भिक्षु लगायतको उपस्थिति रहेको थियो । प्रव्रज्यामा नेपालका २० बढी जिल्लाबाट सहभागीता छ । चैत १७ गते अल्पकालिन भिक्षुहरुको समय सकिनेछ । 

    images
    images
    images
    प्रकाशित मिति :चैत्र २, २०७९ बिहिवार - १८:०८:०९ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend