२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

सत्तारुढ गठबन्धनको बैठक बस्दै, उपराष्ट्रपति निर्वाचनका विषयमा छलफल हुने

बिहिवार , चैत्र २, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, २ चैत ।

    सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको  गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटाउ नसकेपछि आज पनि बस्न लागेको हो  ।

    गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी बनाउने प्रयास हिजो असफल भएपछि आज बस्न लागेको हो ।