बिहिवार , चैत्र २, २०७९
काठमाडौं, २ चैत ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जारी विश्वकप लिग–२ को अन्तिम खेलका लागि नेपाली टीमलाई शुभकामना दिएका छन् ।त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी युएईविरुद्ध मैदानमा उत्रेको नेपाली टीमलाई एमाले अध्यक्ष ओलीले जीतको शुभकामना दिएका हुन ।
‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टीमलाई शुभकामना,’ ओलीले टवीटरमार्फत शुभकामनामा दिदै भनेका छन, ‘राष्ट्र तपाईंहरूको साथमा छ र म तपाईंहरूको साथमा छु ।’
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij