२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बिहान ११ बजे

मंगलवार , फाल्गुण ३०, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, ३० फागुन । 
    नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक भोलि (बुधबार) बिहान ११ बजेलाई डाकिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछिको अवस्थाको समीक्षासँगै सरकारमा आफ्नो सहभागिताबारे छलफल हुने बताइएको छ । 

    त्यस्तै उपराष्ट्रपति निर्वाचन, अब चितवन र तनहुँमा हुने उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई बोलाइएको छ ।