images

मंगलवार, जेठ १ गते २०८१

नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिन सभामुख घिमिरे दूतावासमा

नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिन सभामुख घिमिरे दूतावासमा

images
images
images
मंगलवार, फाल्गुण ३० २०७९
मंगलवार, फाल्गुण ३० २०७९
  • नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिन सभामुख घिमिरे दूतावासमा

    काठमाडौं, ३० फागुन । अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औं महासभामा भाग लिन बहराइन पुगेका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिएका छन् । 

    images
    images
    images

    मनामास्थित नेपाली दूतावासमा मंगलबार बिहान पुगेका  सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारी लगायतसँग नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिए । 

    अधिकारीहरुले बहराइनमा नेपाली श्रमिक न्यूनतम तलबमा काम गरिरहेको, राहदानी नवीकरण र भिसा प्रक्रियामा समस्या झेल्नुपरेको जानकारी दिएका थिए ।

    भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईका अनुसार अधिकारीहरुले काठमाडौंमा बहराइनको दूतावास खोल्न सरकारले पहल गर्नुपर्ने धारणा समेत राखेका थिए ।

    सभामुख घिमिरेले बहराइन भ्रमणका क्रममा नेपाली श्रमिकको तलब वृद्धि लगायतका विषयमा आफ्ना समकक्षीसँग कुरा राखेका थिए । 
     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij