
सोमवार , फाल्गुण २९, २०७९
काठमाडौं, २९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको ७ वर्षे लामो कार्यकाल आइतबार रातिबाट सकिएको छ । कार्यकाल सकिएलगत्तै राष्ट्रपतिमा भण्डारी नवनिर्वाचित नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथग्रहण गराएपछि राष्ट्रपति निवास शितलनिवास छाडनेछिन् ।
लोकतान्त्रिक गणतन्त्र नेपालका लागि दोस्रो कार्यकालका राष्ट्रपति निर्वाचित भएकी राष्ट्रपति भण्डारी पुनः संघीय संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि पनि दोर्होयाएर निर्वाचित भएकी थिइन् । पहिलोपटक २०७२ साल कार्तिक ११ गते नेपालको व्यवस्थापिका संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित भएकी भण्डारी पुन २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति पदमा निर्वाचित भएकी हुन ।
दोस्रोपटक भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेकी थिइन भने भण्डारीकी प्रतिष्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरेकी थिइन् ।
उनी नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हुन् भने मुलुकको सर्वोच्च पदमा निर्वाचित हुुने पहिलो नेपाली महिला पनि हुन् । ७ वर्षीय लामो संघीय गणतान्त्रिक अभ्यासमा भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्ने पहिलो र एकमात्रै महिला मात्रै होइनन, तत्कालिन अवस्थामा राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै २६ औं महिला पनि हुन् । उनै राष्ट्रपति भण्डारी आफनो ९ वर्षे लामो कार्यकाल सकेर सोमबार, शितलनिवासवाट बिदा हुँदैछिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij