२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

लुम्बिनीमा प्रव्रज्या सुरु

आइतवार , फाल्गुण २८, २०७९

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • लुम्बिनी, २८ फागुन ।
    बुद्ध जन्मभूमि लुम्बिनीमा पाँच सय जना कुलपुत्र प्रव्रज्या (अल्पकालिन भिक्षु) कार्यक्रम सुरु भएको छ । प्रत्येक वर्ष अल्पकालिन भिक्षु भिक्षुणी बन्नका लागि कपाल मुन्डन गरी प्रवज्या गर्ने गरिन्छ ।

    अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको संयुक्त आयोजनामा आइतबार लुम्बिनीस्थित कोरियन विहारमा प्रवज्या सुरु गरिएको हो । थाई विहारका महास्थविर भिक्षु सुपोतले नेपालका विभिन्न जिल्लाबाट लुम्बिनी आएकाहरुलाई प्रवज्या (अल्पकालिन भिक्षु) सुरु गरेका हुन् ।

    उक्त अवसरमा महास्थविर सुपोतले बुद्धधर्मको अनुयायी भएर अल्पकालिन भिक्षु बन्न तयार भएकाहरुलाई स्वागत गर्दै बुद्धको ज्ञान, बुद्धको सन्देश ग्रहण गर्न आग्रह गरे । उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराईको सहभागिता रहेको थियो ।  शनिबार काठमाडौंमा प्रव्रज्या गरिएको थियो ।

    काठमाडौं र लुम्बिनीमा गरी ५ सय जनालाई प्रव्रज्या गराउने कार्यक्रम रहेको भिक्षु महासंघले जनाएको छ । आगामी चैत २ गते बुद्ध जन्मभूमि लुम्बिनीस्थित मायादेवी मन्दिरमा ५ सय जनाको प्रवज्या हुने संस्थाले जनाएको छ । प्रव्रज्याको समापन चैत १७ गते हुने भएको जनाइएको छ । लुम्बिनीमा प्रत्येक वर्ष प्रव्रज्या कार्यक्रम हुँदै आएको छ ।