२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

पत्रकार शर्मा र पाण्डेद्वारा चौतारीको कल्याणकारी कोषमा सहयोग गर्ने घोषणा

आइतवार , फाल्गुण २८, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • बुटवल, २८ फागुन ।
    प्रेस चौतारी नेपाल, रुपन्देहीले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा संगठनका केन्द्रीय सदस्य टोपराज शर्मा र जिल्ला उपाध्यक्ष भगवती पाण्डेले सहयोगको घोषणा गरेका छन् । प्रेस चौतारी रुपन्देहीको आइतबार बसेको सातौं पूर्ण बैठकका अवसरमा केन्द्रीय सदस्य शर्माले कल्याणकारी कोषका लागि २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । पत्रकारहरुको हितका चौतारी रुपन्देहीले निकै सराहनीय काम गरेको भन्दै उनले यसमा आफ्नो पनि योगदान रहने भन्दै उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

    त्यस्तै संगठनकी जिल्ला उपाध्यक्ष भगवती पाण्डेले आफूले यसअघि ५ हजार रुपैयाँ कोषमा सहयोग गरेकोमा आइतबार आफ्नो जन्मदिनको अवसरमा कल्याणकारी कोषमा १५ हजार पुर्याउने घोषणा गरिन् ।

    बैठकले प्रेस चौतारी नेपाल रुपन्देहीको साधारणसभा आगामी चैत १५ गतेभित्र गर्ने, त्यसअगाडि नै विभिन्न पालिकामा पालिका कमिटी बनाउने र एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत प्रेस चौतारीका सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ ।

    बैठकले कल्याणकारी कोष सञ्चालन निर्देशिकालाई अनुमोदन गर्दै यसको सञ्चालनका लागि संगठन रुपन्देहीका पूर्वअध्यक्ष शेरबहादुर केसी संयोजक रहेको पाँच सदस्यीय कोष सञ्चालक समिति समेत गठन गरेको छ । समितिको सदस्य सचिवमा संगठनका जिल्ला अध्यक्ष लक्ष्मण पौडेल रहेका छन् भने सदस्यहरुमा संगठनका निवर्तमान अध्यक्ष अमृत गिरी, उपाध्यक्ष भगवती पाण्डे र कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठ रहेका छन् ।
    बैठकलाई सम्बोधन गर्दै प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश विभागका इञ्चार्ज मोहन चापागाईंले संगठनलाई चुस्तदुरुस्त र बलियो बनाउने गरी अघि बढ्न र पत्रकारहरुलाई क्रियाशिल बनाउने गरी योजनाका साथ लाग्न आग्रह गरे ।

    बैठकमा प्रेस चौतारी नेपाल रुपन्देहीका पुर्व अध्यक्ष एवं सल्लाहकार शेरबहादुर केसी, दिनेश पाण्डे, संगठनका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज अमृत गिरी, केन्द्रीय सदस्य टोपराज शर्मा, सल्लाहकार ईन्दिरा अर्याल, संगठनका रुपन्देही सचिव केशव भण्डारी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।