
आइतवार , फाल्गुण २८, २०७९
भैरहवा, २८ फागुन ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको कार्यसमिति तीन जना सदस्य मनोनित भएका छन् । सुनचाँदी व्यवसायी विमल सेन्चुरी, खाद्यान्न व्यवसायी धर्मवीर शर्मा र पर्यटन व्यवसायी कैलाश गुप्ता संघको सदस्यमा मनोनित भएका हुन् । संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उनीहरुलाई मनोनित गरेका हुन् ।
संघको ६४ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको आइतबार भैरहवामा भएको पदस्थापन समारोहमा मनोनित भएका तीनै जना सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो । धर्मवीर शर्मा संघको ६४ औं साधारणसभा तथा अधिवेशनमा सचिव पदमा उम्मेदवार थिए । उनी ६३ औं साधारणसभा तथा अधिवेशनबाट कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij