२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

यूएईविरुद्ध सानदार जित निकाल्दै नेपालले जोगायो एकदिवसीय मान्यता

आइतवार , फाल्गुण २८, २०७९

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा नेपालले यूएईविरुद्ध सानदार जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले यूएईलाई १७७ रनले पराजित गरेको हो ।

यूएईविरुद्ध फराकिलो रनको जित निकालेसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यतालाई जोगाएको छ । लिग टुमा चौथो स्थानमा उक्लिएसँगै नेपालले ओडीआई मान्यतालाई कायमै राख्न सफल भएको हो ।

यूएईविरुद्धको जितसँग ३४ खेलबाट ३६ अंक बनाएको नेपाल लिग टुको चौथो स्थानमा उक्लियो । योसँगै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिएको हो ।