२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

एमालेका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण हुन सकेन : देव गुरुङ

आइतवार , फाल्गुण २८, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, २८ फागुन । माओवादी केन्द्रका महासचिव देव गुरुङले एमालेका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण हुन नसकेको आरोप लगाएका छन् । 

    माओवादी धारका दलहरुले आइतबार गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले एमालेको असहयोगका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण हुन नसकेको आरोप लगाएका हुन् ।

    एमालेकै कारण अघिल्लो प्रतिनिधिसभामा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक रोकिएको आरोप लगाएका उनले शान्ति प्रक्रिया टुंग्याउने विषयमा एमालेले लगातार नकारात्मक धारणा राख्दै आएको दाबी गरे । 

    एमालेकै कारण सर्वोच्च अदालतको आदेशपछि संसदमा दर्ता भएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन अगाडि बढ्न नसकेको उनको भनाइ छ ।