२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

गौतमबुद्ध सन्देश दैनिक नवौं वर्षमा प्रवेश

आइतवार , फाल्गुण २८, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, २८ फागुन ।

    रुपन्देहीको भैरहवाबाट प्रकाशित गौतमबुद्ध सन्देश राष्ट्रिय दैनिक नवौं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०७१ फागुन ११ गतेदेखि साप्ताहिक पत्रिकाको रुपमा प्रकाशन शुभारम्भ भएको गौतमबुद्ध सन्देश नवौं वर्षमा प्रवेश गरेको हो । गौतमबुद्ध मिडिया प्रा.लि.बाट प्रकाशित यो पत्रिकाले २०७३ फागुन २८ गतेदेखि दैनिक प्रकाशन शुभारम्भ गरेको थियो ।

    विभिन्न आरोह अवरोह पार गर्दै यस दैनिकले आठौं वर्ष सफलतापूर्वक पार गरी आज (आइतबार) देखि नवौं वर्षमा प्रवेश गरेको गौतमबुद्ध मिडिया प्रा.लि.का अध्यक्ष खिमबहादुर खत्रीले बताए ।

    गौतमबुद्ध सन्देश दैनिक पत्रिका रुपन्देही जिल्ला सदरमुकाम भैरहवा सिद्धार्थनगरबाट प्रकाशित भइरहेको एकमात्र दैनिक पत्रिका हो ।