२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

विपद् पूर्वतयारीको लागि लुम्बिनीमा प्रदेशस्तरीय सूचना व्यवस्थापन कार्यदल गठन

शनिवार , फाल्गुण २७, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • बुटवल, २७ फागुन ।
    लुम्बिनी प्रदेशको सूचना व्यवस्थापन कार्यलाई चुस्तदुरुस्त बनाई विपद् पूर्वतयारी तथा प्रतिकार्यमा सहयोग पुर्याउन प्रदेशस्तरीय सूचना व्यवस्थापन कार्यदल गठन गरिएको छ । आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा फागुन २५ र २६ गते बुटवलमा भएको सूचना व्यवस्थापन तालिम पश्चात १२ विषयगत क्षेत्र अन्तरगत १४ सदस्यीय कार्यदल गठन गरिएको हो । 

    आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका विपद् फोकलपर्सन रविन्द्र केसीको संयोजकत्वमा गठन भएको कार्यदलको सह–संयोजकमा युनिसेफकी मीना थापा रहेकी छन् । 

    विपद्सँग सम्बन्धीत विषयगत क्षेत्रका प्रतिनिधिहरु रहेको कार्यदलको सदस्यहरुमा स्वास्थ्य अन्तरगत डब्लुएचओका शंकर अधिकारी, पोषण अन्तर्गत सुआहाराकी कमला सापकोटा, खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्र्धन अन्र्तगत पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयका फोकलपर्सन सरोज न्यौपाने, आपतकालीन आश्रयस्थल र शिविर समन्वय अन्तरगत एनआरसीएसका विजय शर्मा रहेका छन् । 

    त्यस्तै खाद्य शुरक्षा अन्तरगत कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका हुमनाथ पाण्डे, संरक्षण अन्तर्गत सामाजिक विकास मन्त्रालय र युनिसेफको तर्फबाट कमला पौडेल र प्रकाश कैनी, शिक्षा अन्र्तगत सामाजिक विकास मन्त्रालयका नारायण गौतम, शिघ्र पुर्नलाभ अन्तर्गत सीडीएम नेपालका धर्मराज घिमिरे, समन्वय अन्र्तगत नेपाल प्रहरीका रामकुमार केसी र खोज तथा उद्दार अन्तर्गत नेपाली सेना र शसस्त्र प्रहरीका गणेश पाल र कृष्ण अर्याल रहेको रेडक्रसका राजकुमार घिमिरेले जानकारी दिए ।

    आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा युएनडीपी, युनिसेफ, युएनवुमेन, रेडक्रस सोसाइटी र सीडीएमको संयुक्त संयोजनमा सञ्चालित शहरी विपद् तथा भुकम्पीय पुर्वतयारी परियोजना (सुपर)को आयोजनामा सम्बन्धित पक्षलाई २ दिनसम्म तालिम प्रदान गरिएको हो । 

    तालिमको समापन समारोहमा बोल्दै आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय लुम्बिनीका निमित्त सचिव यम बहादुर कुंवरले प्रदेश सरकारले विपद्को पूर्वतयारीका लागि विभिन्न प्रयासहरु गरेको बताउँदै सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले अहिले निर्माण भएको कार्यदलले विपद्को समयमा उत्कृष्ट काम गरेर देखाउन आग्रह गरे । निमित्त सचिव कुंवरले सबै सरकारी एवं निजी क्षेत्रले सूचनाको व्यवस्थापन गर्न सकेमा सही सूचना बाहिर आउने र सरकारहरुले ल्याउने बजेट र कार्यक्रम प्रभावकारी हुने बताए । 

    उक्त दुईदिने तालिलमा लुम्बिनी प्रदेश सरकारका मन्त्रालयका विपद् फोकलपर्सनहरु, विषयगत आईएनजीओका प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको थियो । 

    तालिममा सूचना व्यवस्थापनको महत्व, नेपालको सूचना व्यवस्थापन प्रणालीको अवस्था, अब गर्नुपर्ने सुचना व्यवस्थापनको प्रणाली, डाटा भिुजुअलाईजेसन लगायतको विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । तालिमको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सुजन शुभ ब्लोन, राजेन्द्रराज भण्डारी, सृजित शर्माले लगायतले सहजीकरण गर्नुभएको रेडक्रसका राजकुमार घिमिरेले बताए । 

    युएनडीपी, युनिसेफ, युएनवुमेन, रेडक्रस सोसाइटी र सीडीएमको संयुक्त संयोजनमा सञ्चालित शहरी विपद् तथा भुकम्पीय पूर्वतयारी परियोजना (सुपर) ले लुम्बिनी प्रदेश भुकम्पीय जोखिममा रहेको तथा अन्य विपद्लाई मध्यनजर गर्दै विभिन्न कार्यक्रमहरु समेत गर्दै आएको छ ।