आइतवार, चैत्र १२ गते २०७९

"ग्रीन तिलोत्तमा क्लीन त्तिलोत्तमा" मा विद्यार्थीको भुमिका

"ग्रीन तिलोत्तमा क्लीन त्तिलोत्तमा" मा विद्यार्थीको भुमिका

images
images

रिवाज ढकाल

२७, फाल्गुण २०७९
  • 763
    SHARES
  • "ग्रीन तिलोत्तमा क्लीन त्तिलोत्तमा" मा विद्यार्थीको भुमिका

    लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाका साविकका ६ वटा  गा.वि.सहरु (शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, टिकुलीगढ र मधवलिया) मिलेर २०७१÷१÷२५ मा स्थापना भएको तिलोत्तमा नगरपालिकामा हाल गंगोलिया गा.वि.स समेत समायोजन भई सुन्दरता र  सम्पन्नताको अनुपम नमुनाको रुपमा परिचित  छ । रुपन्देही जिल्लाको मध्यभागमा अवस्थित यो नगरपालिका लुम्विनी अञ्चल रुपन्देही जिल्लाको वीच भाग भएर बग्ने नदीको नामवाट नामाकरण गरिएको हो ।

    महाभारतमा व्रम्हाजीले सवै रत्नहरुवाट तिलका गेडा (दाना) बरावरको सुन्दरता निकालेर तिलोत्तमा नदीको उत्पन्न गराएको किम्वदन्ती रहेको पाईन्छ । प्राकृतिक छटाहरुले भरिपुर्ण यो नगर आज १ लाख बढी जनसंख्याको सुन्दर बासस्थानको रुपमा बिकास भैसक्दा अन्य हजारौ नेपालीको सपनाको सहर बनिरहेको छ । बर्सेनि कैयो मानिसहरु बिशेष गरि पहाडी जिल्ला र छिमेकी नगरपालिका र उपमहानगर पालिकाबाट बसाइ सरेर तिलोत्तमामा घरजम गर्न लालाहित देखिन्छन । आज यहि यथार्थलाइ नियालेर हेर्दा आजको गृन र क्लिन तिलोत्तमा भोली यहि रुपमा नरहने हो कि भन्ने चिन्ता एकातिर छ भने एर्कातिर आज भैरहेको भन्दा अझ बढी सुन्दरता थपेर नगरलाइ रास्ट्रकै नमुना नगर बनाउने अभियान सफल पार्नका लागि कसकसले कहाबाट के भुमिका खेल्नु पर्ला भन्ने कुराको निर्क्योल गर्दै सबैले आआफ्नो ठाउबाट प्रभावकारी भुमिका खेल्न चुक्नु हुदैन ।

    images

    मेरा सपनाको तिलोत्तमा नगर हरियाली होस्, बाटोमा हिँड्दा दाया बाया  हरियो देख्न पाइयोस् । घरनजिकै बेलुकीपख घुम्न निस्कने ठाउँ होस् । फोहोर र प्रदूषण देख्न नपरोस्। मान्छेहरु भन्छन् हिजोआजका धेरै सहरमा आत्मियता हराएको छ, मानवता हराएको छ तर म भने यही शहरकै कालो माटोमा आमाले पोल्टाभरी पोको पारेका मकैका फूलजस्तै सपना, र चोक-चोक दौडिरहेका अँखाहरूमा आशाको बेजोड चमक टाँसिएको देख्छु । अनेकौ सम्भावनाहरुको आधिबेहरी चलेको देक्छु र यो सबै  सपनारुपी  सम्भावनाहरुलाइ यथार्थमा बदल्न सक्ने अथाहा सक्तिको खनिको रुपमा म आफु र आफुजस्ता बिद्यार्थीहरुलाइ देख्दछु ।

    335424519_602003688098809_7397084785610170838_n.jpg

    अरु कसैले परिवर्तन गर्ला वा अरु कुनै समयमा गरौँला भनेर बसे परिवर्तन आउँदैन। परिवर्तनको सम्बाहक, हामीले पर्खेर बसेको व्यक्ति हामी आफैँ हौँ । हामीले खोजेको परिवर्तन पनि हामी आफैँ हौँ।” ओबामाका यि शब्द मलाई जिवन्त लाग्छन्। साँच्चै हामी युवा विद्यार्थीले चाहे के सम्भव नहोला र ?

    यहा गरे अवश्य सकिन्छ भन्ने मनसाय बोकेर काम गर्दै गरेका अथाह युवा बिद्यार्थीहरुलाई “एकजुट भएर गरौँ” भन्नु मेरो आशय हो। म धेरै ठुला कुरा जान्दिनँ। देशमा यसो भएपछि उसो गरौँला, उसो भए यसो गरौँला भन्नेजस्तो माष्टर प्लान छैन मसंग।  नेपालमा धेरै युवा तथा बिद्यार्थीलाइ फोकसमा राखेर काम गरिरहेको देखिन्न ।

    तिलोत्तमा नगरलाइ गृन र क्लिन बनाउने नाममा केहि यस्ता ब्याक्ती र सङसस्थाहरु देखे मैले जो कपुरको ज्वाला जस्ता थिए, हुर्र बल्ने अनि नामो निशान नहरहने गरि हराउने। कतिलाई सम्झिनै चाहान्न, ति स्वार्थी थिए, हुटिट्याउं बनेर आकाश थामेको अभिनय गर्ने , केवल लुट्ने मनसायले ग्रसित। फेसबुकका पाना रङाउन बृक्षा रोपणको ब्यानरको गलपासो लगाउन खोज्ने अनि सडक डिभाइडरमा ढुङामाथी बिरुवा टासेर जिवनभर त्यता  नजर समेत नफर्काउनेहरु लाइ सम्झिदा दिक्दार लाग्छ ।

    यो सबकाम एक निस्वार्थ भावले गर्न सक्ने जमात नि हामि  बिद्यार्थी हो । हामी परीक्षामा पास हुनकालागि मात्र स्कुल गएको र पढेको भन्ने कदापी नसोचियोस, लव्धान्क पत्रमा A plus  ग्रेड्को सपाना मात्र नदेखाइयोस । हामी पढेको कुरा ब्याबहारमा उतार्न चाहान्छौ । हामी सरसफाइमा आफै जुट्न चाहान्छौ, बृक्षा रोपणमा हातेमालो गर्न चाहान्छौ । रोप्ने मात्र होइन हामिलाइ गोडमेल, काटछाट र मलजल गर्न पनि आउछ । हामी गर्न सक्छौ र गर्न तयार छौ । आझै पनि हाम्रो समाजले हामी कलिला बिद्यार्थीहरुका सपना र लक्ष्यहरुलाइ घाटी निमोट्न छडेको छैन । त सक्दैनस, जान्दैनस, यो तैले गर्ने होइन, सानो मान्छेले यति ठुलो काम गर्न सक्दैन भनेर मनबाट निस्केका अनेकौ आविस्कारका ज्वारभाटाहरुको घाटी निमोठ्न छड्नुपर्छ र बिस्वासका साथ भुमिका दिइयोस । हामी गर्न तयार छौ ।

    बिद्यार्थी  उर्जाशील हुन्छन,  परिवर्तनको सम्बाहक हुन अनि परिवर्तन केबल बिद्यार्थी बाट सम्भव छ भनेर मैले धेरैपल्ट सुनेको अनि पढेको छु। संयोग पर्दा उदाहरण आफैँले नदेखेको पनि होईन। शायद यतिखेर हामी सबैले यि वाक्याशंलाई फेरि बुझ्ने प्रयास गर्नुपर्ला। हामी को हौँ अनि हाम्रो हैसियत के सम्म छ भन्ने कुरा हामिले कतै बिर्सेको पो हो कि?

    चियापसल तिर हुने राजनैतिक गफको म सकेसम्म हिस्सा बन्दिन। कहिलेकाहिँ सुन्न भने बडो चाख लाग्छ। “देशमा सिस्टम गतिलो भए न परिवर्तन हुन्छ” वा “नेताहरुले कामै गर्दैनन्” भनेरै दुइचार कप चिया सक्ने हामिले धेरैपल्ट आफ्नो जिम्मेवारीबारे खासै चर्चा गर्दैनौँ। गृन तिलोत्तमा र किलिन तिलोत्तमाको अभियान सफल पार्न सकियो भने मात्र १३ करोडको लगानिमा बनबाटिकामा बन्दै गरेको ५ तल्ले भ्यु टावर चडेर वरिपरी हेर्नुको सार्थकता हुनेछ ।

     
    यो सब कामको शुरूवात गर्ने  सर्वोत्तम दिन आज हो, र सर्वोत्तम समय अहिले हो । तसर्थ मैले के गर्दैछु, र समाजले के पाउँदैछ भनेर कम्तिमा एकपल्ट सोचौँ। परिवर्तन हामीबाटै सम्भव छ। समुन्नत, सुरक्षित र वातावरण मैत्री सुन्दर सहर ! सुशासनयुक्त पर्यटकीय र समृद्ध तिलोत्तमा नगर । भन्ने सुन्दर नारा बोकेको हाम्रो नगर “ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा” भन्ने मूल नाराका साथ नगरपालिकाले  संचालन गरेको हरियाली प्रवद्र्धन कार्यक्रम, वातावरण मैत्री स्थानीय शासन, वृक्षारोपण तथा वन विस्तार, “तिनाउ र रोहिणी ग्रिनवेल्ट” जस्ता कार्यक्रममा हामी बिद्यार्थीहरु सकृय भएर लाग्न चाहन्छौ ।

    फोहरमैलालाई श्रोतमै वर्गिकरण गरी संकलन गर्ने, सडने गल्ने  फोहरलाई प्राङारिक मल र अन्य पुन प्रयोग हुनसक्ने र रिसाइकल गर्न मिल्ने फोहोरलाइ बर्गिकरण गर्ने काममा हामी बिद्यार्थीहरुले घरघरबाट हाम्रा अभिभावकहरुलाइ जागरुक र कृयासिल बनाउन सक्छौ । हामिले बिधालयमा पढेको फोहोर ब्याबस्थापनका 4 R ( Reduce, Reuse, Recycle र Replace) जस्ता बिधिहरुको प्रयोगात्मक अबल्म्बन गर्न हामी सक्छौ ।

    खानेपानी तथा सरसफाई, सेवा सुविधाको नियमन, व्यवस्थापन र सार्वजनिक शौचालय निर्माण लगायतका कामका लागी नगरपालिका र अन्य सरोकारवाला निकायलाइ सचेत र जिम्मेवार बन्न दवाव दिन सक्छै । हामी भाग्यमानी छौ भगवान गौतमबुद्धको जन्मस्थान लुम्बिनीसँगै गौतमवुद्धसँग जोडिएका अन्य स्थानहरुसँगको सामिप्यता रहेको यस नगरपालिकामा पर्यटन बिकासका प्रयाप्त सम्भावनाहरु छन जसलाइ भरपुर प्रयोगमा ल्याउनको लागी पनि गृन र क्लिन तिलोत्तमाको नारा चरितार्थ पार्नु छ ।

    यहाँका सामुदायिक वनक्षेत्रको विकास गरी, नगरको सरसफाईमा अनुकरणीय कार्यको थालनी गरी, हरियाली प्रवदन  र सरसफाईको माध्यमबाट नगरलाइ आन्तरिक तथा बाह्य पर्यटकले भरिपुर्ण पार्न सकिन्छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २७, २०७९ शनिवार - २१:४९:५६ बजे

    रिवाज ढकाल

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend