२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

उपराष्ट्रपति निर्वाचन : आजै मनोनयन दर्तादेखि उम्मेदवारको सूची प्रकाशनसम्म

शनिवार , फाल्गुण २७, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, २७ फागुन । 
    राष्ट्रपति निर्वाचन सकिएलगत्तै निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ । जसअनुसार निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार आज उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयनको समय छुटयाएको छ ।

    आज बिहान ९ बजेदेखि २ बजेसम्मका लागि उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्नका लागि समय तालिका छुटयाएको हो । आयोगका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अवस्थित निर्वाचन कार्यालयमा गएर उम्मेदवार मनोनयन गर्नुपर्नेछ । 

    त्यसै गरी आज उपराष्ट्रपति पदमा मनोनयन पत्र दर्ता भएको सूचना जारी गर्नेदेखि उम्मेदवारको नाम सार्वजनिक गर्ने दावी विरोध गर्नेसम्मको कार्यतालिका निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।