२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङको खर्च १६ हजार ५ सय रुपैयाँ

शुक्रवार , फाल्गुण २६, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, २६ फागुन । 
    राष्ट्रपति पदका नेकपा एमाले उम्मेदवार सुवास नेम्वाङले आफ्नो खर्च विवरण बुझाएका छन् । शुक्रबार निर्वाचन आयोगमा बुझाएको उनको खर्च विवरणअनुसार नेम्वाङले राष्ट्रपति निर्वाचनमा १६ हजार ५ सय रुपैयाँ खर्च गरेका छन् ।

    जसमध्ये प्रचारप्रसार, छापा एवं विद्युतीय शीर्षकअन्तर्गत मतदाताहरुलाई एसएमएस पठाउँदा १० हजार रुपैयाँ र मसलन्दमा ६ हजार ५ सय रुपैयाँ खर्च भएको नेम्वाङले उल्लेख छ । नेम्वाङका तर्फबाट उनका निर्वाचन प्रतिनिधि महेशकुमार बर्तौलाले निर्वाचन अधिकृत महेश शर्मालाई खर्च विवरण बुझाएका हुन् । बिहीबार भएको राष्ट्रपति निर्वाचनमा कांग्रेससहित दलका उम्मेदवार रामचन्द्र पौडेलसँग नेम्वाङ पराजित भएका थिए ।