
शुक्रवार , फाल्गुण २६, २०७९
भैरहवा, २६ फागुन ।
डिशहोममा १ वर्षको रिचार्ज गर्दा कपिलवस्तुका एक ग्राहकले एकलाख रुपैयाँ जितेका छन् । वार्षिक रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना ग्राहकले लक्की ड्र मार्फत नगद रु. एक लाख जित्ने अवसर पाइरहेका छन् । कपिलवस्तुको कृष्णनगरका विनोद कुमार गुप्ताले एकलाख रुपैयाँ जितेका हुन् ।
डिशहोमको तर्फबाट एरिया सेल्स अफिसर विनोद सुवेदी, बुटवल डिष्ट्रिव्युटर राजकुमार सेन, भैैरहवा डिलर प्रविण श्रेष्ठले गुप्तालाई शुक्रबार उपहार रकम हस्तान्तरण गरेका हुन् । डिशहोममा १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म उक्त कम्पनीको सेवा पाइन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij