images

सोमवार, बैशाख २४ गते २०८१

संविधानको पालना गर्ने संवैधानिक जिम्मेवारी मेरा लागि मार्गदर्शन सिद्धान्त : पौडेल

संविधानको पालना गर्ने संवैधानिक जिम्मेवारी मेरा लागि मार्गदर्शन सिद्धान्त : पौडेल

images
images
images
शुक्रवार, फाल्गुण २६ २०७९
शुक्रवार, फाल्गुण २६ २०७९
  • संविधानको पालना गर्ने संवैधानिक जिम्मेवारी मेरा लागि मार्गदर्शन सिद्धान्त : पौडेल

    काठमाडौं, २६ फागुन । 
    राष्ट्रपतिमा नवनिर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेले संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी मार्गदर्शन सिद्धान्त रहेको बताएका छन् । 

    images
    images
    images

    राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँवासी, मतदातादेखि प्रतिष्पर्धी सुवासचन्द्र नेम्वाङलाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित राष्ट्रपति पौडेलले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने राष्ट्रिय अभियानमा सरिकसमेत हुने जनाएका छन् ।

    ‘राष्ट्रपति संस्थाले निर्वाचन गर्ने भूमिकाले संविधान र शासनको व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन तथा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध रहने प्रण गर्दछु । नेपालको राष्ट्रिय एकताको प्रवर्धन, स्वाधिनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा लागि मार्गदर्शन सिद्धान्त रहनेछन्,’ पौडलले निर्वाचित भएपछि जारी गरेको वक्तव्यमा भनेका छन, ‘राष्ट्रपतिको काम, कर्तव्य तथा जिम्मेवारी बहन गर्दा संविधानप्रदत मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तप्पर रहनेछु ।’

    पौडेलले मित्रवत प्रतिष्पर्धामा रहेका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, उनको दल एमाले, मतदातालाई हार्दिक सम्मान गर्दैै प्रतिनिधिसभा र संविधानसभामा विजयी गराई निरन्तर सेवा गर्ने अवसर दिएको भन्दै तनहुँ जिल्लावासी तथा मतदाताहरुलाई हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गरेका छन् ।

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij