२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

काठमाडौंमा आज र भोली दोस्रो अर्थशास्त्री सम्मेलन

शुक्रवार , फाल्गुण २६, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, २६ फागुन ।
    दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन फागुन २६ र २७ गते काठमाडौंमा आयोजना गरिने भएको छ । ‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ नाराका साथ सम्मेलन विभिन्न संघ–संस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले सम्मेलन आयोजना गर्न लागेको हो ।

    सम्मेलनमा अर्थतन्त्रका समसामयिक मुद्दामा बहस चलाई समाधानका उपायसहित सरकार, राजनैतिक दल तथा नीति निर्माणमा संलग्न निकायलाई कार्यान्वयनका लागि सुझाव दिइने आयोजकले जनाएको छ । 

    दुईदिने सम्मेलनलाई पहिलो दिन उद्घाटन सत्र र दोस्रो दिन प्राविधिक सत्र गरी विभाजन गरिएको आयोजक संस्थाले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रमको उद्घान गर्नेछन् । 

    राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो २ बजे सुरु हुने र दोस्रो दिनको कार्यक्रम बिहान ७ बजेदेखि होटल एलो प्यागोडा जमलमा हुनेछ । पहिलो दिनको उदघाटन सत्रमा एउटा र प्राविधिक सत्रमा १५ वटा समसामयिक विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । 

    अर्थशास्त्री सम्मेलनमा प्रधानमन्त्रीका साथै पूर्व प्रधानमन्त्रीहरु, पूर्व अर्थमन्त्रीहरु, राजनीतिक पार्टीका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका वर्तमान तथा पूर्व उपाध्यक्षहरु, राष्ट्रबैंकका गभर्नर तथा पूर्व गभर्नरहरु, वरिष्ठ तथा उदयीमान अर्थशास्त्रीहरु, कामपा प्रमुख, बैंकर्स एसोसिएसनका प्रतिनिधि, उद्योग वाणिज्य महासंघ नेपाल, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, सहकारी महासंघका अध्यक्ष, एनआरएनएका अध्यक्ष, विश्वविद्यालयका उपकुलपतिलगायतको सहभागीता रहने बताइएको छ ।