
बिहिवार , फाल्गुण २५, २०७९
.काठमाडौं, २५ फागुन ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले उपराष्ट्रपतिको उम्मेदवारको रुपमा रामसहाय प्रसाद यादवलाई अघि सारेको छ । ३ चैतमा हुने उपराष्ट्रपति पदको उम्मेदवारको रुपमा रामसहाय यादवलाई उठाउने जसपाले निर्णय गरेको हो ।
बिहीबार बसेको जसपाको बैठकले रामसहाय यादवलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका सांसद राजकिशोर यादवले जानकारी दिए । ‘पार्टीले उपराष्ट्रपतिमा रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ,’ उनले भने । रामसहाय जसपा संसदीय दलका नेता समेत हुन् । उनी बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij