२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

नेपालले दियो पीएनजीलाई २९८ रनको चुनौती

बिहिवार , फाल्गुण २५, २०७९

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा नेपालले पपुवा न्युगिनीलाई २९८ रनको चुनौती दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ बल बाँकी छँदा अलआउट हुँदै २९७ रन जोडेको हो । यो स्कोर एक दिवसीय क्रिकेट इतिहासमा नेपालको अहिलेसम्मकै उच्च हो ।

    नेपालका लागि सर्वाधिक आसिफ शेखले ११० रन जोड्दा कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४ र रोहित पौडेलले ३० रनको योगदान गरे ।