२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

राप्रपाले राष्ट्रपति चुनावमा भाग नलिने

बुधवार , फाल्गुण २४, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, २४ फागुन ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । आज बसेको कार्य सम्पादन समितिको बैठकले भोलि हुने राष्ट्रपति चुनावमा भाग नलिएर तटस्थ बस्ने निर्णय गरेको बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

    आफूहरूको सिद्धान्त राजसंस्था भएकाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरिएको उनले बताए । भोलि राष्ट्रपतिका लागि मतदान हुँदैछ ।
    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिका लागि चुनावी प्रतिष्पर्धामा छन् ।