
बिहिवार , श्रावण १५, २०७७
बुटवल, १५ साउन ।
सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बुटवल स्टार्स र लियो क्लब बुटवल स्टार्सको संयुक्त आयोजनामा दृष्टिबिहीनहरुलाई खाद्यान्न प्रदान गरेको छ ।
‘जहाँ दुख्छ त्यहाँ पुग्छ’ भन्ने नारासहित बुटवल–१२ तामनगरमा रहेका दृष्टिबिहीन तथा आयआर्जन भजन तथा सांस्कृतिक समाज लाई सहयोग प्रदान गरिएको हो ।
बिहीवार आश्रममा एक कार्यक्रमको आयोजना गरी आयआर्जन भजन तथा सांस्कृतिक समुहलाई २ महिनाको घरभाडा स्वरुप रु १० हजार नगद रकम, चामल, दाल, चिनी, तेल कपडा र सेतो छडी ६ पिस हस्तान्तरण गरिएको लायन्स क्लब बुटवल स्टार्सका अध्यक्ष एमजेएफ शुशिल पाण्डेले बताए ।
कार्यक्रममा बोल्दै एरिया–४ एरिया चिफ एमजेएफ सन्दिप कसौधनले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीको बेला लायन्स, लियोले विभिन्न रचनात्मक कार्य गरेको बताए । उनले २०२० मा कोरोना महामारीको सामना गर्नुपर्ने साथै कोरोनाको डर देखाएर सामाजिक काम टाढा नहुनको लागि सुझाव समेत दिएका थिए ।
लायन्स इन्टरनेशनल ३२५ नेपालका निवर्तमान मल्टिपल चेयरपर्सन पिएमजेएफ सुनिल ओझाले मुलुकलाई कोरोनामुक्त बनाउन सके त्यहीमा नै जीत हासिल गर्न सकिने बताए । उनले सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स र लियो कुनै फरक कार्य गर्नु भन्दा त्यही कुनै पनि कार्य फरक ढंगले गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पुर्वगर्भनर एमजेएफ महेन्द्रनारायण श्रेष्ठ, रिजन चेयपर्सन एमजेएफ आशिष कृष्ण श्रेष्ठ, जोन चेयरपर्सन एमजेएफ एमएल पाण्डे, निवर्तमान अध्यक्ष एमजेएफ दिपक भट्टराई, लियो स्टार्सका अध्यक्ष दिपेश अग्रहरी, लायन्स स्टार्सका प्रथम उपाध्यक्ष एन्जील खान लगायत बोलेको कार्यक्रमको संयोजक विजय कुमार बर्नवालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij