२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

नोबल इन्भायरोमेन्टले मनायो होली

मंगलवार , फाल्गुण २३, २०७९

कोटिहवा । नोबल इन्भायरोमेन्ट एकेडेमीले होलीको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको छ ।  

सोमबार विद्यालयको प्राङगणमा आयोजित कार्यक्रममा रसी तान्ने प्रतियोगिता, रुवी क्युब, घैटो फोड लगायत चित्रकला प्रतियोगिताहरु आयोजना गरेको थियो । अन्तर सदनात्मक रसी तान्ने प्रतियोगितामा छात्रा तर्फ अर्थ हाउस र छात्र न्याप्टुन हाउस विजय भएको छ । 

रुवी क्युब प्रतियोगितामा दिनेश बुढा प्रथम, निखिल कुमाल द्धितिय र निर्णयराज पुन तृतीय भएका छन् । घैटो फोड प्रतियोगितामा साँङ पुन विजय भएका थिए ।

उत्साह र उमङगको पर्व होलीमा विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुले एक अर्कामा रङ लगाएर शुभकामना आदानप्रदान गर्दै उत्साहका साथ होली मनाएका थिए ।

332260063_201958662433702_785832179227414726_n.jpg
334429404_537281581882232_7028095454207581048_n.jpg