२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

आज तराई–मधेशमा होली मनाइँदै

मंगलवार , फाल्गुण २३, २०७९

  • 6.8K
    Shares
  • 6.8K
    Shares
  • काठमाडौं, २३ फागुन । 
    तराई–मधेश क्षेत्रमा मंगलबार होली मनाइँदै छ । मुलुकका पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट आज तराई–मधेशमा होली पर्व मनाइँदैछ ।

    पुराणहरुका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा पराम्परागत रुपमा होली मनाउँदै आइएको छ भने द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलन सुरु भएको दुईवटा धार्मिक विश्वास रहदैँ आएको छ। 

    तराई क्षेत्रमा होलीमा गाइने जोगिरा गीत गाउने चलन छ भने आफान्तहरु मिलेर रंगहरु दलेर एक आपासमा खुसीयाली साटासाट गर्ने चलन रहँदै आएको छ ।