२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

अखिल अध्यक्षको प्रचण्डलाई प्रश्न : ‘सरकारमा बसेर कसकोविरुद्ध आन्दोलन ?’

सोमवार , फाल्गुण २२, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौं, २२ फागुन । 
    नेकपा एमाले निकट अखिलका अध्यक्ष समिक बडालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आन्दोलनमा उत्रन भन्दा सरकार चलाउन सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्धन्द्धकालिन मुद्धमा माओवादीहरुलाई फसाउन खोजेको भन्दै आन्दोलनमा उत्रनुपर्ने बताएपछि अखिल अध्यक्ष बडालले सरकारमा बसेर कसकाविरुद्ध आन्दोलन गर्न खोजेको हो ? भनेर प्रश्न गरेका छन ।

    ‘प्रचण्ड आफैं सरकार प्रमुख हुनुहुन्छ तर भाषण गर्दै लाखौं जनता सडकमा उतारेर आन्दोलन गर्छौं भन्नुहुन्छ, कसकाविरुद्ध ? आफैंविरुद्ध ? कथित जनयुद्धका नाममा आन्दोलनमा भएको जनधनको क्षति पर्याप्त भएन र ?’ बडालले प्रश्न गरेका छन, ‘ ’तपाई सरकार चलाउनुस, राष्ट्रहित विपरीत गरिने काममा खबरदारी र आन्दोलन गर्न हामी छौं ।