२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

पलाँस बृक्षको विउ उत्पादन गरिने 

आइतवार , फाल्गुण २१, २०७९

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, २१ फागुन ।
    डिभिजन डिभिजन वन कार्यालय कपिलवस्तुले पलाँस बृक्षको विउ उत्पादन गर्ने भएको छ । तिलौराकोट दरबारभित्र पलाँसको राताम्मे दृश्यले पर्यटक आर्कषित गर्न सक्ने भएकाले बृक्षको विस्तारका लागि लुम्बिनी विकास कोषले विउ उत्पादन गर्न आग्रह गरेपछि वन कार्यालयले विउ संकलन गरी नर्सरी बनाउने योजना बनाएको हो । 

    लुम्बिनी विकास कोषका तर्फबाट वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले तिलौराकोटमा पलाँस बृक्षलाई विस्तार गर्न सके फागुन र चैतमा पर्यटक आर्कषित गर्न सकिने भएकाले विउ उत्पादन गर्न डिभिजन वन कार्यालयलाई अनुरोध गरेका थिए । उनले तिलौराकोट दरबारमा लरहै पलाँस हुर्काउन सके पर्यटकका लागि थप आर्कषक हुने बताए । 

    पलाँस बृक्षको विस्तारका लागि विउ उत्पादनकोे योजना बनाइएको डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदन मोहन शान्डील्यले बताए । उनले विकास कोषका तर्फबाट अनुरोध भएकाले पलाँसको विउ उत्पादन गर्न थालिएको बताए । उनले अहिलेसम्म नर्सरीमा राखेर पलानटेशन नगरिएको बताउँदै यो पटक नमूना परीक्षण गरिने बताए । लोपउन्मुख अवस्थामा पुगेको पलाँसको विउ भण्डारण गरी नमूना परीक्षण गर्ने उनको भनाइ छ । 

    बुद्धकालमा पलाँस, बर, पिपल, बेल, बाँस, अशोक जस्ता वृक्षहरूको चर्चा गरिएको छ । त्यसो त प्राचीनकालदेखि नै पलाँसलाई औषधि मूलोको रूपमा प्रयोग हुँदै आएको छ । यो रूखमा ब्रह्मा, विष्णु र महेश तीनवटै देवताको बास हुन्छ भन्ने शास्त्रीय मान्यता समेत छ ।

    पछिल्लो समय लोप हुँदै गएको पलाँसलाई बचाउनका लागि पनि विउ उत्पादन गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयको वनविज्ञान अध्ययन संस्थानका प्राध्यापक डा. राजेश राईले बताए । उनले पलाँस औषधीय गुण र सौन्दर्यका लागि अत्यन्तै राम्रो हुने भएकाले यसको संरक्षण गर्नुपर्ने बताए । अहिले तिलौराकोटमा दैनिक एक हजारदेखि १२ सय जनासम्म पर्यटक आउने गरेकोे लुम्बिनी विकास कोषका तिलौराकोट शाखा प्रमुख माधवप्रसाद आचार्यले बताए ।